प्रभु बैंकको ‘प्रभु वेलकम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ मा बिमा सुविधा

 

साउन २, काठमाडौं । प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले साउन १ गतेदेखि ‘प्रभु वेलकम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ मा बिमा सुविधा प्रदान गर्ने भएको छ । 

बैंकले ती दुई बचत खाताहरुमा औषधोपचार र दुर्घटना बिमा सुविधा प्रदान गर्ने भएको हो । 

null

यो सुविधाको माध्यमबाट उक्त खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बिमा बापत रु ३ लाख र दुर्घटना बिमा बापत रु १० लाखसम्मको जोखिम बैंकले वहन गर्नेछ । प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात् बिमा दावी गर्नसक्ने र अकल्पनिय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बैंकको विश्वास छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *