‘जय श्री राम’ नभन्दा मुश्लिम किशोरलाई ज्यूदैं जलाएर हत्याको प्रयास

 

साउन १३, भारत । भारतको उत्तर प्रदेशमा एक मुश्लिम किशोरले ‘जय श्री राम’ को नारा नलगाउँदा ज्यूदै जलाएर हत्याको प्रयास भएको छ । 

उक्त पिडित किशोरले बताए अनुसार भारतको चान्डौली जिल्लामा चार व्यक्तिले सुरुमा ती किशोरलाई श्री राम भन्न लगाइएको, र भन्न नमानेपछि कुटपिट गरि ज्यूदै उनीमाथी आगो लगाईएको थियो 

null

आगोले जलेर गम्भिर घाइते भएका उनको शरीरको ४५ प्रतिशत भाग जलेको र हाल उनको उपचार अस्पतालमा भईरहेको बिभिन्न भारतीय संचारमाध्यमले जनाएको छ । 

किशोरले आफूलाई ती चार व्यक्तिले आगो लगाएको भने पनी चन्डौली प्रहरीले भने ती किशोरको अभिव्यक्ति विरोधाभास भएको बताएको छ। किशोर आफैंले आगो लगाएको हुनसक्ने प्रहरीको आशंका गरेको छ। 

प्रहरीले मुश्लिम किशोरले आगो लगाएको भनिएको स्थानको सिसिटीभि फुटेजमा त्यस्ता कुनै प्रमाण नभेटेको जनाएको छ इन्डिया टुडेमा लेखिएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *