विप्लव नेकपाका युवा अध्यक्ष पक्राउ
मकालु खबर
२०७६ साउन ११ गते
साउन १०, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेतृत्वको युवा संगठनका अध्यक्ष पक्राउ परेका छन् ।
प्रहरीले चन्दा उठाएर अशान्ति फैलाएको आरोपमा विप्लव नेकपाको युवा संगठनका अध्यक्ष खड्क बिसीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको हो । थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
null
सरकारले गतवर्ष फागुन २८ गते विप्लव नेकपामाथि प्रतिबन्ध लगाएसँगै उनका नेता–कार्यकर्ता नियन्त्रणमा लिने कार्य जारी राखेको छ । यद्यपी पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता भइरहेको बताइएको छ ।
मकालु खबर
२०७६ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित