नौ थान मोबाइल, १ लाख बढी नगदसहित ७ जुवाडे पक्राउ

 

असार २१, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले जुवा खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका– १३ तुइखोलाबाट ७ जुवाडेलाई नियन्त्रणमा लिएको छ । 

विशेष सूचनाको आधारमा तुलसीपुर १३ तुईखोलास्थित प्रकाश कार्कीको एक तले पक्की घरको पश्चिम तर्फको कोठामा कौडा खेलिरहेको अवस्थामा १ लाख ६२ हजार नगदसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

प्रहरीले दाङ तुलसीपुर उपमहानगरपालिका–११ वस्ने ४८ बर्षीय जनक बाँठा, सोही ठाउँको बेलटाकुरा बस्ने २९ बर्षीय सुरेश चन्द, तुलसीपुर–६ रजौरा बस्ने ५६ बर्षीय तिलकबहादुर बस्नेत, सोही ठाउँका ४३ बर्षीय हेमन्त वली, तुलसीपुर–१२ जसपुरका ४४ बर्षीय धनबहादुर केसी, तुलसीपुर–१३ ढकना बस्ने ६५ बर्षीय मोतिराम बस्नेत र दंगीशरण गाउँपालिका ४ वैबाङ्ग बस्ने ३९ बर्षीय सन्तोष शर्मालाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट नगदसहित १६ थान कौडा, निलो रङको तास नखोलेको २ थान, खोलेको तास ३ थान, बिभिन्न कम्पनीका मोबाईल ९ थान, कौडा खेल्न प्रयोग हुने च्यादर एकथान बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *