कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशनः इमान्दार भएर काम गर्नुस्

साउन १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको लक्ष्य पुरा हुनेगरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन् । 

आफ्नो मन्त्रालय अन्तर्गतको नयाँ आर्थिक वर्षको एकीकृत कार्य योजना बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले यस्तो निर्देशन दिएका हुन् । 

‘सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्नुस् । देश र जनताप्रति उत्तरदायी हुनुस् । सक्रिय, इमान्दार र गतिशील भएर काम गर्नुस्’, मन्त्री बाँस्कोटाले भने । 

null

एउटा निकायले गल्ति गरे त्यो देशका लागि गम्भीर नोक्सानको रुपमा परिणत हुने र त्यसले प्रतिक्रान्तिको बाटोमा लैजाने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *