भारतमा चार व्यक्तिको निर्घात कुटपिटपछी हत्या

 

साउन ५, भारत । भारतमा एक अज्ञात समूहले ६० देखि ७० को बीचका उमेर भएका चार व्यक्तीलाई निर्घात कुटपिटपछी घाँटी रेटर हत्या गरेका छन् । हत्या हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । 

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा ती चार जनालाई सुरुमा कुटपिट गरिएको छ त्यसपछी चारै जनाको घाँटी रेटेर चारजनाको हत्या गरिएकाे बताइएकाे छ । 

null

राती सुती रहेको अवस्थामा ती चार जनालाई हत्याराहरुले उठाए र गाउँको चोकमा ल्याएर सुरुमा निर्घात कुटपिटपछि घाँटी रेटेर हत्या गरेको खुल्न आएको छ । 

हत्या भएका ती चारै व्यक्ति (धामी झाक्री) को काम गर्ने भएकोले प्रहरीले यस हत्याकाण्डलाई अन्धविश्वासका कारण भएको हुन सक्ने आशंका गरेको छ । 

मृतक दम्पतीकी एक छोरीले प्रहरीलाई यो घटनाबारे जानकारी गराएपछी घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल घटना घटाउने व्यक्तिहरुको खोजीकार्य भाईरहको छ । 

गाउँका केही व्यक्तिहरुसँग बयान लिने काम भईरहेको तर राति भएका कारण हमलामा संलग्नहरुको पहिचान गर्न नसकिएको गाउँलेहरुले बताइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *