दुई बच्चासहित भागेकी दुबईका शासककी श्रीमतीलाई ज्यानको खतरा !

 

असार १८, काठमाडौं । ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायदलाई लिएर ब्रिटेनमा शरण लिन पुगेकी संयुक्त अरब इमिरेट्स (युएइ) की रानी हया बिन्त अल हुसैनको ज्यानको खतरा रहेको अनुमान गरिएको छ । 

जोर्डनमा जन्मिएकी र ब्रिटेनमा पढेकी ४५ वर्षीया हयाले सन् २००४ मा शेख मोहम्मदसँग विवाह गरेकी थिइन् । उनी जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी हुन् । 

null

दुबईका अर्बपति शासक शेख मोहम्मद अल मकतुमकी छैठौं पत्नी हया श्रीमानलाई छोडेर ब्रिटेनको शरण लिन पुगेकी थिइन् । यतिबेला हया लण्डनको प्रमुख इलाका केनसिंगटन प्यालेस गार्डनमा लगभग १२ सय करोड रुपैयाँ मूल्य पर्ने आवसीय परिसरमा बसिरहेको र हाईकोर्टमा कानूनी लडाईंको तयारीमा जुटिरहेको बताइएको छ । 

उनलाई आफ्नो ज्यानको डर भएको बीबीसीमा उल्लेख छ । 

दुबईमा आफ्नो शानदार र विलासी जीवन छोडेर ३१ मिलियन पाउन्ड (करिब ३ सय करोड) रुपैयाँ लिएर उनी किन दुबईबाट भागिन् भन्ने रहस्य खुल्न सकेको छैन । 

राजकुमारी हयाको नजिकको स्रोत अनुसार यसैवर्ष रहस्यमयी तरिकाले दुबई फर्किएकी शेखकी छोरी शेखा लतिफाबारे विचलित गरिदिने तथ्य पत्ता लागेको छ । 

शेखा लतिफा एक फ्रान्सेली व्यक्तिको मद्दतले डुङ्गामार्फत् दुबईबाट फरार भएकी थिइन् तर उनलाई भारतको तट नजिकै हतियारधारी रक्षकले हिरासतमा लिएर दुबई फिर्ता पठाएका थिए । 

 

त्यतिबेला राजकुमारी हया र आयरल्याण्डका पूर्व राष्ट्रपति रोबिनसनले यो मामलामा दुबईको पक्ष लिएका थिए । 

दुबईको प्रशासनले घर छोडेर भागेकी शेख लतिफा ‘उत्पीडनको शिकार भएको हुनसक्ने’ र ‘अब दुबईमा असुरक्षित’ भएको बताएको थियो । तर मानवाधिकार कार्यकर्ताले उनलाई आफ्नो मर्जीबिना अपहरण गरिएको बताएको छ । 

यो घटनापछि राजकुमारी हयालाई यसबारे विभिन्न नयाँ कुरा थाहा भएको र उनका श्रीमानका परिवारले उनीमाथि अत्यधिक दबाब दिन थालेको बताइन्छ । स्थिती यहाँसम्म पुग्यो कि उनले आफूलाई दुबईमा असुरक्षित पाइन् । 

राजकुमारी हया ब्रिटेनमा बस्न चाहन्छिन् । उनका एक नजिकको स्रोतका अनुसार राजकुमारी हयालाई पनि आफ्नो अपहरण हुने र जबरजस्ती दुबई लगिने डर छ । 

यदि उनका श्रीमानले ब्रिटेनसँग हयालाई फिर्ता पठाउन माग गर्छ भने यसले ब्रिटेनका लागि ठूलो कुटनीतिक संकट पैदा हुनेछ । ब्रिटेन र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध निकै राम्रो छ । 

यो मामलाले जोर्डनको लागि पनि दुविधा निम्त्याउन सक्छ किनभने राजकुमारी हया जोर्डनका शासक शाह अब्दुल्लाहकी सौतेनी बहिनी पनि हुन् । 

जोर्डनका करिब साढे दुई लाख व्यक्ति संयुक्त अरब इमिरेट्समा काम गर्छन् र जोर्डन दुबईसँग दुश्मनी मोल्ने स्थितीमा छैन । बीबीसी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *