व्यापारीलाई मार्ने धम्की दिँदै रकम असुल्ने लामा प्रहरीको खोरमा

 

असार ३१, काठमाडौँ । मंगलबार बिहान व्यापारीलाई मार्ने धम्की दिँदै रकम असुल्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेको भिमखोरीका स्थायी बासिन्दा ‘निमा’ भनेर चिनिने राजेन्द्र लामा रहेको प्रहरीले जनाएको छ। 

null

सिनामंगलमा कपडा पसल संचालन गर्दै आएका लामाले मासिक रुपमा कोटेश्वरका व्यापारीहरुलाई बिभिन्न धाकधम्की दिदैं रकम असुल्दै आईरहेको प्रहरीले जनाएको छ । 

केहि समय अगाडी उनले ६– ७ जनाको समूहमा आएर एक जना व्यापारीलाई धम्की दिएको उजुरी कोटेश्वर प्रहरी दर्ता भएको थियो । 

कोटेश्वरको शुभकामना मार्गबाट पक्राउ परेका लामा यस अघीपनी दरबारमार्गबाट पक्राउ परेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *