सरकारी छाप र दस्तखत किर्ते गरी ९५ करोडको कागजात बनाउने दम्पती पक्राउ

 

असार १७, काठमाडौं । सरकारी छाप र दस्तखत किर्ते गरी ९५ करोडको कागजात बनाउने एक दम्पती पक्राउ परेका छन् । 

सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न दम्पतीलाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा बारा निजगढ घर भइ हाल काभ्रे धुलिखेल बस्ने ३८ वर्षीय राजन कुमार थापा र उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी अधिकारी छन् । 

उनीहरुको साथबाट प्रहरीले गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित लक्ष्मी अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज बरामद गरेको छ । 

यस्तै १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ समेत बरामद भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *