प्रदेश नं. १ मा ७२ प्रतिशत धान रोपाइँ

 

विराटनगर, साउन १३ । प्रदेश नं. १ मा हाल सम्म झण्डै ७२ प्रतिशत धान रोपाईँ भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार हाल सम्म प्रदेश नं. १ मा ७१ दशमलब दशमलब ७८ प्रतिशत धान रोपाइ भएको हो । 

कृषि विकास निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले अहिलेसम्म प्रदेश नम्बर १ को मोरङमा ३० प्रतिशत, झापामा ४२, सुनसरीमा २५ प्रतिशत रोपाई भएको जानकारी दिए । 

null

सबै भन्दा बढी रोपाई भोजपुरमा ६० प्रतिशत भएको छ भने कम ओखलढुंगामा १२ प्रतिशत मात्र रोपाई भएको छ । ताप्लेजुङमा ३८ प्रतिशत, संखुवासमामा ४०, सोलुखुम्बुमा ३०, पाँचथरमा ३५, इलाममा ४५, तेह्रथुममा ४९, धनकुटामा ३०, उदयपुरमा ३०, खोटाङमा ४८ प्रतिशत धान रोपाइ भैइसकेको कार्यालयले जनाएको छ । 

असार अन्तिम साता आएको बाढीका कारण रोपाइ कम भएको कार्यालयले जनाएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *