जीप दुर्घटना

 

असार १६, डाेटी ।   जिल्लाको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा छजना घाइते भएका छन् । 

उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से १ च ९१७ नं को जीप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

null

घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । 

भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको दिपायलस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । जीप सडकबाट करीब पाँचसय मिटर तल खसेको थियो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *