तेह्रथुममा पौडी खेल्ने क्रममा १० वर्षिय बालकको मृत्यु

 

साउन १३, तेह्रथुम । आइतबार अपरान्ह सँबा ५ बजेको समयमा तेह्रथुममा एक १० वर्षिय बालकको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । 

घर नजिकै रहेको सार्बजनिक पोखरीमा पौडी खेल्ने हुँदा तेह्रथुम छथर गाउँपालिका ३ पन्चकन्या बस्ने १० बर्षिय बालक बादल बि.क. को डुबेर मृत्यु भएको हो । 

null

घटना ५ बजे पछाडी घटेपनी स्थानीयले रातकाे करिव पौने ९ बजेमात्र प्रहरी चौकी शुक्रबारेमा खबर गरेको प्रहरीले जनाएको छ । 

हाल घटनास्थलको कानुनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *