साझाका २० नयाँ बस थपिए, उपत्यका बाहिर पनि सेवा दिने

 

असार १६, काठमाडौं । काठमाडौंको यातायात समस्यालाई मध्यनजर गर्दै साझा यातायातले २० वटा नयाँ बस थपेको छ । 

काठमाडौँ उपत्यकाको तीनवटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सहज सेवा दिन उद्देश्यले साझाले २० नयाँ बस थपेको हो । 

null

सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ । 

साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने बताइएको छ । 

साझा यातायातले उपत्यकाभित्र लगनखेल–बसपार्क, लगनखेल–बुढानिलकण्ठ, बुंमति–बुढानिलकण्ठ, रत्नपार्क–लामाटार, रत्नपार्क–गोदावरी, लगनखेल–सातदोबाटो–थानकोट, नयाँबसपार्क–सूर्यविनायक, नयाँबसपार्क–कमलबिनायक, नयाँबसपार्क–लगनखेल–एयरपोर्ट, लगनखेल–शहीदगेट–दक्षिणकाली रुटमा सेवा प्रदान रुट तय भएको छ । 

यस्तै साझा यातायातले काठमाडौँ उपत्यका बाहिर पनि सेवा दिने कार्यक्रममा जानकारी दिइएको छ । 

साझा यातायातले काठमाडौँबाट पोखरा हुँदै बागलुङ्ग र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुँदै बेलहियासम्म रात्रीकालिन बस सेवा सञ्चालन गर्न लागेको हो । 

साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ, लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुदै दक्षिणकालीसम्म साझाका बसहरुले सेवा दिनेछन् । 

उक्त ‘युरो फोर’ मापदण्डका गाडीले वातावरण प्रदूषणमा केही मात्रामा कमी आउने भएकाले शहरी यातायातमा सहज हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *