बिभिन्न गतिविधिमा संलग्न रुसी नागरिक पक्राउ
मकालु खबर
२०७६ असार १८ गते
असार १७, कास्की । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजात बिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६ खहरेबाट पक्राउ गरेको हो ।
पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो । उनलाई आजै अध्यागमन विभाग काठमाडौं पठाइएको छ । रासस
null
मकालु खबर
२०७६ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित