शिल्पा र छविलाई प्रहरीले बोलायो, छवि भन्छन्- ‘एक थप्पड समेत हानेको छैन’

 

असार २६, काठमाडौं । दुई वर्षअघि वैवाहिक बन्धनमा बाँधिएका निर्माता छविराज ओझा र मोडेल एवम् अभिनेत्री शिल्पा पोखरेललाई छलफलका लागि प्रहरीले बोलाएको छ । 

आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविविरुद्ध शिल्पाले उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले आज बिहान उनीहरुलाई छलफलका लागि बोलाएको हो । 

null

शिल्पाले शान्ति सुरक्षा निवेदनमा छविसँग डिभोर्स समेत मागेको बाहिर हल्ला चलिरहेको छ । यद्यपी यस विषयमा दुवै पक्षले कुरा खोलेका छैनन् । 

यता छवि ओझाले भने आफूले हिंसा नगरेको, एक थप्पड पनि नहानेको दाबी गरेका छन् । ६ महिनाअघि मात्रै विवाह दर्ता भएको भन्दै उनले शिल्पाले उजुरी दिएको कुराले आफू अचम्मित बनाएको बताए । 

२ वर्षअघि मात्रै छविसँग लगनगाँठो कसेकी अभिनेत्री शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षा पाऊँ भनि उजुरी दिएकी थिइन् । 

उनीहरुले विवाह भएको सार्वजनिक गरेका थिएनन् । तर केही वर्ष यतादेखि सँगै बसेका थिए । शिल्पा छविकी चौँथो श्रीमती हुन् । अभिनेत्री तथा छविकी तेस्रो श्रीमती रेखा थापासँग डिभोर्सपछि शिल्पा छविको घरमा भित्रिएकी थिइन् । 

म्युजिक भिडियोमा आफुलाई अब्बल मोडलको रुपमा स्थापित गरिसकेकी शिल्पाले छवि ओझाको चलचित्र ‘लज्जा’ मार्फत् डेब्यु गरेकी थिइन् । सोही समयमा उनीहरुबीच प्रेम भएको चर्चा चलेको थियो । शिल्पाले छविको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *