इन्टरनेशनल कलेजका २ विद्यार्थी बेलायत जाँदै

  

असार २६, बिराटनगर । बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको बिराटनगर इन्टरनेसनल कलेज (पुर्व मेरिल्याण्ड कलेज बिराटनगर) का विद्यार्थी यस वर्ष पनि वैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन् । 

बिगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका वैद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना विद्यार्थी बेलायतको समर क्याम्प २०१९ को लागि जाने  भएका छन्। कलेजमा बिगत ६ वर्ष देखि बेलायतको बिबिएम कोर्ष पढाई हुँदै आएको छ । 

null

विद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका बिजेनेस डेभलपमेन्लेट प्रमुख बिबेक दाहालले बताए । दाहालका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका विद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य देशका विद्यार्थीसंग पनि छलफल गर्नेछन् । 

बिभिन्न अभ्यासबाट छानिएका २ विद्यार्थी सदिक्षा बास्कोटा र आयुशी आग्रवाल असार २८ गते देखि बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजका प्रमुख कार्यकारी निर्देशक डा. ऋषिकेश वाग्लेले जानकारी दिए । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण विद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ । 

विद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्नेछ । उक्त शैक्षिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ । 

कलेजबाट अहिलेसम्म ९ जना बिद्यार्थी बेलायतको भ्रमणमा गइसकेका छन् । बिराटनगरको भृकुटी मार्गमा रहेको कलेजमा हाल ३ सय बढी विद्यार्थी बेलायतको डिग्री अध्यानरत रहेका छन् । 

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा बिराटनगर ईन्टरनेसनल कलेज, इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं, इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *