संसद बैठक बस्दै नबसी स्थगित

 

असार ३०, काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठक बस्दै नबसी स्थगित भएको छ । 

एक सूचना जारी गर्दै आजको संसद बैठक स्थगित भएको जानकारी दिइएको हो । 

null

देशभर आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरुको परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, बेपत्ता परिवारको खोजी, उद्धार र राहतमा आवश्यक अनुगमन र सहयोग गर्न सांसदहरुलाई आ–आफ्नो जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । 

आज स्थगित भएको बैठक साउन ८ गते बुधबार दिउँसो १ बजे बस्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *