लोकसेवाको विज्ञापनविरुद्ध माइतीघरमा प्रदर्शन

 

असार ३१, काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । 

दलित, जनजाति, मधेशी, महिला, मुस्लिम, अपांगता लगायतका समुदायले माइतीघरमा लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन आरक्षण विरोधी रहेको उनीहरुको आरोप छ । 

null

संविधानअनुसार लोकसेवाले विज्ञापन सच्चाएर समावेशी विज्ञापन जारी नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने तथा अटेर गरी परीक्षा सञ्चालन गरे परीक्षा केन्द्रमा प्रदर्शन गर्ने र प्रश्नपत्र समेत च्यात्ने प्रदर्शनकारीहरुको चेतावनी छ । 

 

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो। 

उक्त विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्त प्रतिकूल भएको भन्दै आदिवासी जनजाति र दलित समुदायका अगुवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *