६५ वर्ष पुरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्छः कांग्रेस

 

असार २९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६५ वर्ष पुरा भएका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिनुपर्ने बताएको छ । 

आइतबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेसकी सचेतक पुष्पा भुसालले ६५ वर्ष पुरा भएका नागरिकलाई मात्रै ज्येष्ठ नागरिकको मान्यता दिनुपर्ने बताएकी हुन् । 

null

बैठकमा सरकारले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष नै राख्नुपर्ने सरकारको प्रस्ताव राखेको थियो । सोही प्रस्तावमा पुनर्विचार गर्नुपर्ने स्पष्ट पार्दै सचेतक भुसालले भनिन्, ‘भूगोललाई हेरेर पनि सरकारले ६५ वर्ष पूरा भएका नागरिकलाई ज्येष्ठ नागरिक तोक्नुपर्छ । ६५ वर्ष पुरा पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई वृद्धभत्ता लगायतका सेवा, सुविधा उपलब्ध गराउनुपर्छ ।’ 

उनले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि आपत्ति जनाइन् । ज्येष्ठ नागरिकहरुलाई वर्गीकरण गर्न नहुने तर्क गर्दै उनले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकहरुमाथि नै विभेद हुने गरी अति ज्येष्ठ नागरिक भन्ने प्रावधान भने राख्न नहुने स्पष्ट पारिन् । 

सरकारले समितिमा पेश गरेको विधेयकमा ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई अति ज्येष्ठ नागरिकको मान्यता दिने प्रावधान राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *