सरकारी होस्टलमा ४ नाबालिग छात्रा गर्भवती !

 

असार १७, नयाँ दिल्ली । ओडिशाको राजधानी भुवनेश्वरमा एक सरकारी आवासीय स्कूलमा ४ जना आदीवासी नाबालिग छात्राहरु गर्भवती भएपछि खैलाबैला मच्चिएको छ । 

जुन स्कुलमा यस्तो लज्जास्पद घटना घटेको छ, त्यसलाई राज्य सरकारले एसटी–एससी विकास विभागद्वारा सञ्चालित छ । योसँगै आखिर प्रशासनकै नाकमुनिबाट चल्ने सरकारी स्कूलमा यस्तो घटना कसरी घट्यो भन्ने प्रश्न उठेको छ । 

null

भुवनेश्वरको एक अस्पतालमा मेडिकल जाँच पश्चात् आदीवासी नाबालिग छात्रा गर्भवती भएको पुष्टि भएको हो । यो भन्दा अघि भुवनेश्वरमा यस्तो घटना बाहिर आएको थियो, जसमा नबरंगपुर र कन्धमालमा राज्य सरकारद्वारा सञ्चालित महिला छात्रावासमा युवती गर्भवती भएको भेटिएको थियो । 

रिपोर्ट अनुसार नाबालिग छात्राहरु गर्भवती भएको खुलासा तब भयो, जब राष्ट्रिय बाल स्वास्थ्य संस्थानको कार्यक्रमको समयमा गल्र्स होस्टेल र आवासीय विद्यालयमा मेडिकल जाँच गरिँदै थिइयो । 

क्यापिटल हाई स्कूलका प्रिन्सिपलले ४ नाबालिग छात्रा गर्भवती भएको पुष्टि गरेका छन् । तर प्रहरीले भने उक्त घटनालाई स्वीकार गरेका छैनन् । 

डीसीपी अनूप शाह भन्छन्, ‘हामीलाई एक रिपोर्ट प्राप्त भएको छ । गर्मीको छुट्टी पश्चात् छात्रावास फर्किएकी एक युवती मेडिकल टेष्टमा गर्भवती भएको जानकारी प्राप्त भएको छ । रिपोर्टमा छुट्टीको समयमा अप्रिल महिनामा घटना भएको संकेत प्राप्त भएको छ । यसमा कानुनी कारवाही गरिनेछ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *