हिलोमाथि पनि रातो कार्पेट !

 

असार २५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिलाम्मे सडकमाथि पनि रातो कार्पेट बिछ्याएर स्वागत गरेपछि उपस्थित सबै चकित भएका छन् । 

प्रधानमन्त्री रातो कार्पेटमा हिँडेको तस्विरलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् । 

null

कार्यक्रममा प्रधानमन्त्रीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका थिए । 

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताए । 

त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि उनले बताएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *