जंगली च्याउ खाँदा एक दर्जन बिरामी
साउन ५, विराटनगर । उदयपुरका दुई छुट्टाछुटै स्थानमा जंगली च्याउ खाँदा एक दर्जन स्थानीय विरामी भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका र कटारीमा जंगली च्याउ खाँदा तीन परिवारका १२ जना बिरामी भएका हुन् ।
null
जंगली च्याउ खाँदा त्रियुगा नगरपालिका–९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका–४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् । जंगली च्याउ खाँदा राजावासका ४० बर्षीय चित्र बहादुर दनुवार, ३८ बर्षीया फुलमाँया दनुवार , २० वर्षिय अनिश दनुवार , ११ बर्षीय मनिस दनुवार र १७ बर्षीया रबिना दनुवार बिरामी परेका हुन ।
त्यस्तै कटारी सिसाघारीकी ३५ बर्षीया टंक कुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा उनी सहित छोराहरु १४ बर्षीय अनिष दनुवार, ११ बर्षीय महेन्द्र दनुवार, ९ बर्षीया छोरी सुजिता दनुवार बिरामी भएका छन् भने छिमेकी २० विर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएका हुन् ।
उनीहरु सवैको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।