लौरीघोल ताल निर्माणबारे छलफल

 

असार १६, चितवन । रत्ननगरको लौरीघोलमा निर्माण गर्न लागिएको लौरीघोल तालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । 

तयार भएको डिपिआर सोमवार सरोकारवालाहरुबीच प्रस्तुत गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल कर्मचार्यको संयोजकत्वमा निर्माण तथा व्यवस्थापन समिति गठन गरिएको थियो । रत्ननगर उद्योग वाणिज्य संघमा आयोजित छलफलमा ईन्जिनियर योगेन्द्र मिश्रले लोरीघोल ताल निर्माणका लागि लाग्ने लागत यस बाट हुने फाइदाहरुका बारेमा जानकारी गराएका थिए । 

null

लौरीघोल ताल निर्माणका लािग पानीको स्रोत, भूमि, स्थानीय समुदायको उत्साह, चितवन राष्ट्रिय निकुञ्ज नजिकै, सांस्कृतिक र ऐतिहासिक स्थानहरुमा सजिलै पहुंच योग्य, प्राकृतिक विपदबाट सुरक्षित भएका कारण त्यस स्थानमा ताल निर्माण उपयुक्त हुने उनले वताए । 

सो ताल निर्माणको क्रममा उक्त स्थानमा पार्क, बांध, अतिथि घर, दुश्य अवलोकन टावर, प्रवेशद्धार र टिकट काउन्टर, सार्वजनिक शौचालय, बालबालिकाका लागि पार्क, वनस्पती उद्यान, फुटपाथ आदि सहित निर्माण गरिने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले वताए । 

छलफलमा प्रदेश ३ का सांसद कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिका कार्यालयका उप प्रमुख विमला दुवाडी, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, रत्ननगरका वडाध्यक्षहरु, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *