भावुक हुँदै प्रधानमन्त्रीले भने– ‘कतै बाढी कतै डुबान, मन भारी छ आज’

 

असार २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिमा दुःख व्यक्त गरेका छन् । 

आइतबार बिहान भएको ‘राष्ट्रिय तथा प्रादेशिक पुरस्कार, महाकवि देवकोटा पुरष्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वितरण समारोह २०७५’ लाई सम्बोधन गर्दै प्रम ओलीले खुशी हुन नसकेको बताए । 

null

कार्यक्रममा भावुक हुँदै प्रधानमन्त्रीले भने, ‘आज अलिकति मन भारी पनि छ मेरो । किनभने कतै डुबानमा परेको छ । कतै बाढी गएको छ । कतिपय उद्धारको अपेक्षा गरिरहेका छन् । त्यसैले पहिलेको भानु जयन्ती जस्तो प्रसन्न छैन, आज मन भारी छ ।’ 

उलने आफू कवि भूपि शेरचनको एक कविता जस्तो पनि हुन नसकेको बताए । 

‘एक ढगंले भन्ने हो भने म भूपीको कविता जस्तै अलिकति हाँसी पनि रहेको, अलिकति आँशु पनि बगाइरहेको अवस्था जस्तो पनि हुन सकिरहेको छैन । भूपिको कविता भन्दा कमजोर हालत छ मेरो । अलिकति हाँस्न सक्ने अवस्था छैन ।’ 

सत्य र निष्ठापूर्वक अघि बढ्न पनि प्रधानमन्त्रीले युवाहरुलाई आह्वान गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *