सिरियामा बमबारीमा परी १४ सर्वसाधारण मारिए

 

असार, २२ बेरुत । उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन् । 

सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ । 

null

शुक्रबार राती अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआवद्ध मानव अधिकार समूहले जानकारी दिएको छ । 

सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो । 

रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । 

केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । यस गृहयुद्ध अल कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूहहरु पनि हाबी हुदै गयो । सिरिया सन् २०११ देखि हालसम्म जारी यस गृहयुद्धमा ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसेकेको छ । 

त्यसैगरी यसमा परी लाखौ व्यक्ति घाइते भएका छन् भने, लार्खौ आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन यापन गरिरहेका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *