सप्तकोशीमा पानिको वहाव उतार चढाव

 

असार ३०, विराटनगर । सप्तकोशी नदीकोे बहावमा उतार चढावको क्रम जारी छ । पछिल्लो मापन अनुसार कोशीमा पानी २ लाख ६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३१ ढोका खोलिएका छन् । 

शनिबार राती ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको पानीको बहाव ५६ ढोका खोलिएपछि आइतबार बिहानबाट क्रमशः घट्दोे क्रममा रहेको थियो ।  

null

२ लाख १३ हजार क्यूसेकमा झरेको पानी बढेर २ लाख ९१ हजार क्यूसेकमा पुगेको भएपनि यतिबेला पूनः कोशीको बहावमा कमी आएको छ । पूर्वी भेगमा सोमबार बिहानबाट केही मत्थर भएको वर्षा पुनः सुरु हुने सम्भावना बढेकाले नदीको जलस्तर बढ्न सक्ने आंकलन गरिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *