सांसदहरुद्वारा संसदीय समितिको बैठक पनि स्थगित गर्न माग

 

                                                                                     फाइल तस्विर असार ३१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गर्न माग गरेका छन् । 

कांग्रेस सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले आ–आफ्नो निर्वाचन क्षेत्रका बाढी, डुबान, पहिरोपीडितहरुलाई राहत तथा उद्धारमा सहायता गर्नुपर्ने भएकाले एक हप्ता संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका हुन् । 

null

सोमबारका लागि डाकिएको प्रतिनिधि सभा बैठक पनि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा उद्धारका लागि जानुपर्ने भन्दै सभामुख महराले नौ दिन सम्मका लागि बैठक स्थगित गरेका थिए । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी सांसद संग्रौलाले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क पनि गरिन्। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरेका थिए । 

सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *