तीन पटक मुख्यमन्त्री बनेकी शीला दीक्षितको निधन, शाेकमा दिल्ली

 

साउन ५, नयाँ दिल्ली । तीन पटक मुख्यमन्त्री भइसकेकी शीला दीक्षितको निधन भएको छ । उनको ८१ वर्षको उमेरमा दिल्लीको फोर्टिस एस्कार्ट्स अस्पतालमा निधन भएको हो । 

उनी केही समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् । शीला दीक्षित १९९८ देखि २०१३ सम्म लगातार दिल्लीकी मुख्यमन्त्री भइसकेकी छिन् । २०१४ मा उनलाई केरलका राज्यपाल बनाइएको थियो । तर अगष्ट २०१४ मा उनले यस पदबाट राजीनामा दिएकी थिइन् । 

null

२०१९ को आम चुनावको समयमा शीला दीक्षित दिल्लीको प्रदेश अध्यक्ष रहेकी थिइन् । उनले उत्तर–पूर्व दिल्लीबाट लोकसभा चुनाव पनि लडेकी थिइन् तर मनोज तिवारीका अगाडी उनले हारको सामना गर्नु परेको थियो । 

आज (आइतबार) दिल्लीको निजामुद्दीन स्थित उनको घरमा अन्तिम दर्शनका लागि पार्थिव शरीर राखिनेछ । आजै दिउँसो उनको अन्त्येष्टि गरिने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *