आफ्नै छोरीले प्रेमीसँग मिलेर १२ लाखमा गराईन् आमाको हत्या

 

असार १६, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका– ७ स्थित सावित्री भट्टराईको हत्यामा उनकी छोरीको संलग्नता भेटिएको छ । 

छोरीसँगै बस्दै आईरहेकी मृतक सावित्रीको हत्यामा संलग्न मोहम्मद नौसाद, नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइस पक्राउ परेसँगै उनकी छोरी २७ वर्षीया ईश्वरीको पनि संलग्नता भेटिएको हो । 

null

मोहम्मद नौसादको प्रेम सम्बन्धका बारेमा आमाले थाहा पाएपछि रहस्य बाहिरिने डरले उनकी छोरी ईश्वरीले हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

प्रहरीका अनुसार आमाको हत्याका लागि प्रेमी मोहम्मदसँग मिलेर ईश्वरीले भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय भोला कुमारलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् । 

त्यसपछि भोला र मोहम्मदले भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न सुपारी दिएको प्रहरीले जनाएको छ । 

रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको प्रहरीको भनाइ छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *