छात्रालाई जिस्काउने कार्य रोक्नको लागि एक विद्यालयकाे अनौठो निर्देशन

 

असार २१, बंगाल । विद्यालयमा छात्रालाई जिस्काउने कार्य रोक्नको लागि पश्चिम बंगालको एउटा सरकारी विद्यालयले अनौठो निर्देशन जारी गरेको छ । 

विद्यालयले छात्र र छात्रालाई अलग–अलग दिन पढाउन निर्देशन दिएको छ । पश्चिम बंगालको मालदाको हबीबपुर क्षेत्रको गिरिजा सुन्दरी विद्या मन्दिर नामको विद्यालयले यस्तो निर्देशन दिएको हो । 

null

यस निर्णय प्रति प्रशासनले असन्तुष्टि व्यक्त गरेको छ । उसले यस कदमलाई ‘अनौठो’ भन्दै यसलाई तत्काल फिर्ता लिन भनेको छ । 

विद्यालयका प्रधानाध्यापक रवीन्द्रनाथ पाण्डेले छात्रालाई जिस्काएको घटना सार्वजनिक भएपछि यो कदम उठाउन बाध्य भएको बताएका छन् । 

निर्देशनको व्याख्या गर्दै पाण्डेले भने, ‘अहिले विद्यालयमा अध्ययनरत केटीलाई सोमबार, बुधबार र शुक्रबार पढाइने फैसला गरिएको छ । त्यस्तै केटाका लागि भने मंगलबार, बिहीबार र शनिबार कक्षा हुनेछ ।’ 

विद्यालयको यस फैसलाले राज्य सरकारका शिक्षा मन्त्रालयको पनि ध्यान तानेको छ । पश्चिम बंगालका शिक्षामन्त्री पार्थ चटर्जीले यस घटनाको जाँच गर्न आदेश दिएका छन् । 

यस प्रकरणबारे उनले भने, ‘यस खालको निर्णयलाई कहिले पनि समर्थन गर्न सकिदैन । अधिकारीलाई यस मुद्दामा जाँच गर्नको लागि निर्देशन दिइसकेको छ । यस निर्णयलाई तत्काल फिर्ता लिनुपर्नेछ ।’ 

पश्चिम बंगालको उच्च माध्यामिक शिक्षा परिषदका अध्यक्ष महुआ दासले विद्यालयको निर्देशनलाई ‘विचित्र’ बताउँदै यस निर्देशनको लागि विभागसँग सल्लाह नलिएको बताए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *