साझा पार्टीको केन्द्रीय समिति विस्तार, ७ जना थपिए

 

साउन ५, काठमाडौं । साझा पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थपेको छ । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । 

null

कीर्ति तुलाधर, उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला, नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन, प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा, झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी, व्यवसायी तथा साहित्यकार विकु लामा र सुमित्रा सिंह लामालाई सदस्यमा चयन गरिएको साझाका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिए । 

कीर्ति तुलाधर नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक हुन् । उनी अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष थिइन्। हाल उदाय् मिसा पुचकी अध्यक्ष छिन्। 

यस्तै सुमित्रा सिंह लामा जनस्वास्थ्यमा विद्यावारिधि गरेकी समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेदवार हुन् भने व्यवसायी तथा साहित्यकार विकु लामाले काभ्रे जिल्लाका २०० भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरिसकेका छन् । 

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने साझाले जनाएको छ । 

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र भन्छन्, ‘विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको छ । नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *