अख्तियार प्रमुख दीपः पहिला हप्काए, पछि लुरुलुरु गए

 

साउन ६, काठमाडौँ । संवैधानिक निकायमा नियुक्त हुने पदाधिकरी उच्च नैतिकता भएको हुनुपर्ने व्यवस्था संविधानमा राखिएको छ । तर प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाको अध्यक्षदेखि विपक्षी दलको नेतासम्म हुने संवैधानिक परिषद्ले भ्रष्टाचारमा बदनामहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतमा नियुक्ति गरेपछि ती निकायबाट हुने कार्यसम्पादन विवादित हुने गरेका छन् । 

अख्तियारका आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियोदेखि दीप बस्न्यातको ललिता निवासको जग्गा प्रकरणमा देखिएको भूमिकाले संवैधानिक परिषद्को निर्णयको उपहास गरेको छ । लोकतन्त्रकै मजाक गरेको छ । 

null

अख्तियारको प्रमुख भइसकेको व्यक्ति त्यहीँ भ्रष्टाचारमा बयान दिन जानुपर्ने परिस्थिति निम्तिएको छ । अख्तियारको प्रमुख भइसकेका दीप बस्नेत शुक्रबार त्यही आयोगमा बयान दिन गएका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव हुँदा ललिता निवास बालुवाटारको सरकारी जग्गा दर्ता गर्न प्रस्ताव तयार गर्ने बस्नेत भएकाले अख्तियारले उनलाई बोलाएको थियो । अख्तियारले बयान लिन बस्नेतलाई बिहीबार फोन गरेपछि उनले ‘म प्रमुख आयुक्त हुँ, मलाई बयान लिन बोलाउने ?’ भन्दै हप्कीदप्की गरेका थिए । 

अख्तियारका कर्मचारीले प्रहरी पठाउनुपर्ने हुन्छ कि हजुर नै आउने भनेपछि उनी शुक्रबार लुरुलुरु आएर बयान दिएका थिए । बस्नेतमात्र होइन, अख्तियारलाई भ्रष्टाचारको अखडा बनाउने उनका पीए लक्ष्मण बास्तोला, छोरा कमल बस्नेतमाथि पनि छानविन भइरहेको छ । 

बाँस्तोलाले राजस्व समूहका कर्मचारीलाई १३ पाने भराउने त्रास देखाएर असुली गरेका थिए । उनी र तातोपानी भन्सारबाट अवकाश पाएका भन्सार अधिकृत हरिभक्त केसी मिलेर व्यापारिक मेस सञ्चालन गरेका थिए । जुन मेसको सामान अति न्यून बिजकीकरण गरी भित्रने गरेका थिए । दीप बस्नेतले छोरा कमल बस्नेतका नाममा दसौँ अर्बको सम्पत्ति जोडेका छन् । 

याख्खा म्यानपावरदेखि नक्साल बैंक्वेट, लाजिम्पाटको हिमालय होटलजस्ता धेरै ठाउँमा लगानी गरेका छन् । दीप बस्नेतका छोरा कमलमात्र होइन, उनका दुवै छोरी–ज्वाइँ प्रज्ज्वल अधिकारी र मनोज सुवेदीले अकूत सम्पत्ति आर्जन गरेका छन् । 

दीप बस्न्यातको आडमा उनीहरूले अथाह सम्पत्ति जोडेका छन् । अख्तियारको सदस्य भएपछि उनका छोरा कमलले चेलीबेटी बेचबिखनमा पक्राउ परेर सात वर्ष जेलजीवन काटेर छुटेका मेनपावर व्यवसाय सञ्चालन गरिरहेका भीम रोक्कासँग साझेदारी गरेका थिए । रोक्कासँग साझेदारी गरेपछि पूर्वअख्तियार प्रमुख बस्नेतका छोरा कमलको लगानीमा उनीहरूको साझोदारीले यथेष्ट लगानी गरेको भेटिएको छ । जबकि उनीहरूको आम्दानी हुने भनिएका तीनवटा मेनपावर कम्पनीबाट नगन्य रूपमा कामदार विदेश जाने गरेको समेत भेटिएको छ । 

अख्तियारका पूर्वप्रमुख बस्नेतका छोरा कमलको साझेदारीमा भीम रोक्काले चलाएको याख्खा ओभरसिजले कामदार विदेश पठाएको वैदेशिक रोजगार विभागकै तथ्यांकले पुष्टी गर्दछ । त्यस्तै मोर्गन र गोरखा एसोसिएट्सले पनि कामदार पठाउन सकेको देखिँदैन । बस्नेतका छोरा कमलसहितले गत वर्ष मात्र लाजिम्पाटको ग्वाङजोङ होटल खरिद गरे । जुन होटलको नाम परिवर्तन गरी हिमालयन बनाइएको छ । 

त्यसैगरी, महाराजगञ्जमा ३५ करोडमा सुविधासम्पन्न अफिस खरिद गरेका छन् । ग्वाङजोङ होटल सवा अर्ब रूपैयाँमा खरिद गरेको बुझिएको छ । सो समूहले बूढानिलकण्ठमा सातवटा घर किनेको छ र उनीहरूले एउटा मर्सिडिजलगायत सातवटा गाडी खरिद गरेका छन् । दरबारको उत्तरढोकामा रहेको पहिलेको उकुचे थकाली भएको घरजग्गा पनि सो समूहले खरिद गरेको छ । 

बस्न्यात अख्तियारमा नियुक्त भएपछि अख्तियारको डरत्रास देखाएर विभिन्न व्यवसायीका व्यक्तिहरूसँग उठाएको रकम उनका छोरा कमलले भीम रोक्कासँग साझेदारी गरेपछि विभिन्न ठाउँमा लगानी गरेको पाइएको छ । त्यसैगरी, त्यस्तो रकम पूर्वप्रमुख बस्नेतका ज्वाइँहरू अधिकारी र सुवेदीका नाममा पनि प्रशस्त लगानी भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *