भारी वर्षाको कारण रेलमा अड्किएका १ हजार बढी यात्रुको १७ घण्टापछि उद्दार

 

साउन १२, भारत ।  मुम्बई र त्यस वरपरका क्षेत्रमा मुसलधारे वर्षा हुँदा कयैन क्षेत्र जलमग्न भएको छ । त्यसले विमान सेवासमेत यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । भारी वर्षाको कारण एउटा चलिरहेको रेलनै अघि बढ्न सक्ने अवस्था नरहेपछि लामो समय रेलमा सवार यात्रु अड्किए । 

हजारभन्दा बढी यात्रु सवार महालक्ष्मी एक्सप्रेसको एउटा रेल ठाणे जिल्लाको बदलापुर नजिक फसेको थियो । रेल फसेपछि अधिकारीहरुले विभिन्न राहत एजेन्सीको सहयोगले बचाउ अभियान सुरु गरे । उल्हास नदीमा पानी बढेको कारण महालक्ष्मी एक्सप्रेस ट्रेन फसेको थियो । 

null

निक्कै कठिनाइपछि कोल्हापुर जाने १७४१२–महालक्ष्मी एक्सप्रेसमा सवार सबै १०५० यात्रीलाई शनिबार उद्दार गरिएको छ । यात्रुलाई बचाउनको लागि विभिन्न राहत एजेन्सीद्वारा लगभग १७ घण्टा लागेको थियो । भारी वषाको कारण रेलको पटरीमा पानी भरिएकाले ट्रेन ठाणे जिल्लामा बंगानीको नजिक फसेको थियो । यो ट्रेन शुक्रबार रात मुम्बईबाट कोल्हापुरको लागि हिडेको थियो तर वंगानीभन्दा अगाडि जान सकेनन । 

मध्य रेलवे (सीआर)का अधिकारीका अनुसार रेलमा नौ गर्भवती महिला र एक जना एक महिनाको शिशु समेत थिए । ती सबैको दिउँसो तीन बजेसम्म उद्दार गरिएको थियो । मुसलधारे वर्षाको कारण मुम्बई हवाई अड्डाबाट ११ उडानहरु रद्द गरेका छन् । 

निकटवर्ती ठाणे जिल्लमा रातभरी भएको वर्षाको कारणले कयैन इलाकामा बाढीजस्तो अवस्था बनेका थियो । ठाणेका रेजिडेन्ट डेपुटी कलेक्टर शिवाजी पाटिलका अनुसार वर्षाले हताहतको खबर भने आएको छैन । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *