प्रधानमन्त्रीमा ओलीको विकल्प खोज्नुहुँदैन: कांग्रेस नेता घिमिरे

 

असार २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले वर्तमान सरकारलाई पाँच वर्ष नै चलाउन दिनुपर्ने धारणा राखे । उनले अहिले प्रधानमन्त्री ओलीको विकल्प खोज्न नहुने स्पष्ट पारे । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उनले भने, ‘यो सरकार पाँच वर्षको लागि हो । त्यसैले यसले पूरा अवधि सरकार चलाउन पाउनुपर्छ । हामी स्थिरताको पक्षमा छौं । हामी प्रधानमन्त्रीमा केपी ओलीलाई नै निरन्तरता चाहन्छौं ।’ 

null

घिमिरेले आफ्ना पार्टी सभापति शेरबहादुर देउवाले पनि सरकार ढाल्छौं नै भनेर अभिव्यक्ति नदिएको जिकिर गरे । उनले भने, ‘उहाँलेपनि सरकारले गरेका नराम्रा कामको विरोध गर्नुभएको हो । तर, सरकार नै ढाल्छु भनेर अभिव्यक्ति दिएजस्तो मलाई लाग्दैन ।’ उनले भोलिबाट सुरु हुने कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकमा गम्भिर र महत्वपूर्ण विषयमा छलफल हुने विश्वास दिलाए । उनले भने, ‘सम्भवतः भोलिबाट सुरु हुने केन्द्रिय कार्यसमिति बैठक केही दिन लामो चल्छ, र यो टर्निङ प्वाईन्ट हुनेछ । कांग्रेस अहिले नयाँ बाटोमा अघि बढ्दैछ । अब पार्टीभित्रका नयाँ संरचनाले पूर्णता पाउँदैछन् ।’ 

त्यस्तै उनले अब महाधिवेशनको प्रक्रिया पनि सुरु हुने जनाए । उनले भने, ‘महाधिवेशनको लागि सदस्यता वितरणको काम जो छ, अब अघि बढ्छ ।’ यसपटकको बैठकमा धर्मको विषयमा प्रवेश नै नगर्ने जिकिर गरे । 

पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडलमात्रै नभएर यसपटकको बैठकपछि सबै नेतृत्वमा बसेका नेताहरुबीच एकता हुने पनि उनले विश्वास दिलाए । उनले भने, ‘पार्टीका कार्यक्रम, नीति र एजेण्डा सबैमा एकमत हुन्छ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *