ठुला मालवाहक सवारी नेपाल भित्रिन पाएनन्

 

असार ३०, विराटनगर । बाढीका कारण भारतको बिहारस्थित मिरगञ्ज पुल प्रभावित भएसँगै शनिबारदेखि नै मालवहाक ठूला सवारीसाधन नेपाल भित्रन नसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

विराटनगरस्थित भन्सार कार्यालयका अनुसार बाढीका कारण बढी तौलका मालवाहक सवारी साधन पुलबाट तर्दा क्षति पुग्ने आंकलन गर्दै भारतीय पक्षले सो पुलबाट ठूला सवारी साधन तर्न बन्देज लगाएपछि आयात रोकिएको हो । 

null

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले शनिबारदेखि भारतबाट मालसमानका कुनैपनि सवारीसाधन नेपालतर्फ नआएको पुष्टि गरे । 

नेपाल र भारत सरकारको प्राथमिकतामा सो पुल नपर्दा उद्योगी ब्यवसायीहरुले दैनिक कष्ठ भोग्नु परिरहेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । 

उनले.पटक पटक सम्बन्धित निकायलाई पुलको विकल्पबारे ध्यानाकर्षण गराएपनि कुनै चासो नलिइएको प्रति दुख व्यक्त गरे । 

केही वर्ष अघिको ठुलो बाढीले क्षति पुगेको सो पुलबाट क्षति भएयता ४० टन सम्मका मात्र मालवाहक सवारी भित्रिने गरेका थिए । अहिलेसम्म सो परिमाणको तौल भन्दा बढिका सवारीसाधन सुनसरीको भण्टावारी हुँदै भित्रने गरेका छन् । 

भारतबाट दैनिक ३ सय बढी मालवहाक सवारी साधन नेपाल भित्रिने गरेका छन् । जसबाट दैनिक करिब १५ करोड राजस्व संकलन हुने गरेको छ । 

सवारीसाधन नेपाल तर्फ आउन नसक्दा राजश्व संकलन समेत प्रभावित भएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी पौडेलले जानकारी दिए । 

पूर्वका उद्योगी व्यवसायीले सो पुलको मर्मत र पुनरनिर्माणका लागि नेपाल र भारत सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *