विवेकशील नेपालीले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला राख्ने

 

असार १६, काठमाडौं । विवेकशील नेपाली पार्टीले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला राख्ने भएको छ । 

रोल्पाको सदरमुकाम लिवाङमा तीन दिनसम्म चलेको विवेकशीलको नीति सम्मेलनले संघीय (केन्द्रीय) समितिका अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव र कोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना (५०) प्रतिशत महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने सुनिश्चित गरेको हो । 

null

त्यसैगरी, संघीय समितिमा महिला सहभागिता कम्तिमा ३७.८४५ र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२५ गरि ५९.४६५ समावेशिता सुनिश्चित भएको विवेकशीलले विज्ञप्तिमा उल्लेख गरेको छ । 

लिवाङमा १९६ जना पार्टी सदस्यहरुको उपस्थिति रहेको थियो भने करिब २५० जना सदस्यहरु नेपालभित्र र बाहिरबाट अनलाइन मार्फत् सहभागी भएका थिए । 

विवेकशीलका अनुसार संघीय (केन्द्रीय) समिति बढीमा ९९ जना रहनेछ जसमा पदाधिकारी सहित ७४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् भने अधिकतम् २५ जना मनोनित हुनेछन् । 

‘यस समितिमा सैद्धान्तिक रूपमा शत प्रतिशत नै महिला नेतृत्व निर्वाचित हुनसक्ने मार्ग पनि खुला नै छ। यो नेपाली राजनीतिमा लैंगिक समावेशिताको दृष्टिले आफैंमा ऐतिहासिक निर्णय हो भन्ने पार्टीको ठहर छ ।निर्वाचित हुने सदस्यहरूमा खुला रूपमा निर्वाचित हुने, प्रदेशबाट निर्वाचित हुने तथा समावेशी समूहबाट निर्वाचित हुने सदस्यहरू रहनेछन् । साथै, १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यहरू पनि केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

साथै, पार्टीले विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार एवं हितकारी राज्यको अवधारणालाई पनि अघि बढाउने प्रवक्ता मिलन पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *