अमेरिकामा दुईदशक यताकै शक्तिशाली भूकम्प

बीबीसी । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा बिहीबार विगत दुईदशक यताकै सबैभन्दा ठूलो ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । लस एन्जेल्सबाट २४० किमी उत्तरपूर्वी सहर रिड्जक्रेस्टलाई केन्द्र बनाएर सो भूकम्प गएको हो । 

भूकम्पबाट केही क्षति हुनुका साथै कतिपय स्थानमा आगलागी समेत भएको जनाइएको छ । भूकम्पको धक्का मोजाभ मरुभूमिदेखि प्यासिफिक कोस्टसम्म महसुस गरिएको जनाइएको छ । 

 

null

भूकम्पको केन्द्र भएको स्थानमा निकै क्षति भएको स्थानीय जिओफिजिस्ट प्राध्यापक जोह रन्डलीले जनाएका छन् । उनले धेरै जनसंख्या भएको क्षेत्रबाट भूकम्पको केन्द्र टाढा परेकोले बढी क्षति हुन नपाएको बताएका छन् । 

रिडजरक्रेस्ट क्षेत्रीय अस्पताललाई खाली गरिएको जनाइएको छ । भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । सो सहरका मेयर पेग्गी ब्रीडेनले सीएनएनलाई बताए अनुसार सहरमा आपतकालको घोषणा गरिएको छ । 

उनका अनुुसार भवनबाट खसेको सामानले लाग्दा केही मानिसलाई चोट लागेको छ भने ग्याँस लाइनहरु टुटेका छन् । उनले आफूहरु भूकम्पसँग अभ्यस्त भएपनि यति ठूलोसँग अभ्यस्त नभएकोे बताएकी छन् । सबै घरहरु डरलाग्दो गरी हल्लिएपछि मानिसहरु सडकमा निस्केका थिए । 

भूकम्प करिब १० देखि १५ सेकेण्ड गएको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुले केही परकम्पसमेत महसुस गरेका थिए । भूकम्पको धक्का नेभाडाको लसभेगाससम्म महसुस गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अवस्था नियन्त्रणमा आइसकेको बताएका छन् । 

रिडजरक्रेस्टमा करिब २८ हजार मानिस बस्दै आएका छन् । ट्विटरमा सो क्षेत्रका एक मानिसले गरेको ट्विटमा सुपरमार्केटका सामानहरु भुँइभरी लडेको र सडक चर्केको देखाइएको छ । अमेरिकाको स्वतन्त्रता दिवसको दिन यस्तो भूकम्प गएको हो । मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *