यस्ता व्यक्तीले खाेल्न सक्छन् पासवर्ड बिनै अरूकाे फेसबुक
असार २५ । तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धारणा पाल्नुभएको छ भने तपाई गलत धारणामा हुनुहुन्छ । तपाईं बाहेक पनि अरु कोहीले तपाईंको फेसबुक खोल्न सक्छन् ।
के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाईंलाई मात्र पासवर्ड थाहा भएको तपाईंको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ भनेर ।
null
हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो पनि होइन, यी मानिसका कारण तपाईंको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।
उनीहरुलाई तपाईको फेसबुक खोल्न पासवर्डको जरुरत नै पर्दैन । ती कुनै ह्याकर हैनन् ती फेसबुक कम्पनीकै कर्मचारी हुन् । फेसबुकले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ ।
वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन ।
फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई फेसबुकले यस्तो अधिकार तथा सुविधा दिएको हो । फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलाई दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन । निश्चित काम पुरा गरुन्जेलका लागि फेसबुकले आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।
किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैँभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो । एजेन्सी