पहिलो पटक अमेरिका पुगे पाकिस्तानी प्रधानमन्त्री इमरान खान

 

साउन ५, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खान शनिबार राष्ट्रपति डोनाल्डसँग भेटवार्ताका लागि अमेरिकाको वासिंटन डिसी पुगेका छन् । उनी त्यहाँ तीन दिनसम्म रहने पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । 

पाकिस्तानी अखबार डानका अनुसार इमरान खानको भ्रमण टोलीमा पाकिस्तानका सेनाध्यक्ष जनरल कमर जावेद बाजवा र इन्टर सर्भिसेज इन्टेलिजेन्स अर्थात् आईएसआईका महानिर्देशक फैज हमीद, वाणिज्यका लागि प्रधानमन्त्रीका सल्लाहकार अब्दुल रज्जाक दाऊद छन् । 

null

प्रधानमन्त्रीको साथमा दुई शीर्ष जनरल ह्वाइट हाउस गएको यो पहिलो पटक हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री खान तीन दिने औपचारिक भ्रमणका लागि अमेरिका प्रस्थान गरेका हुन् । 

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशी, जो हाल अमेरिकामा छन्, उनले पीएम खानलाई स्वागत गरे । 

एकतर्फ इमरान खान २२ जुलाईमा ट्रम्पसँग भेटवार्ता गर्नेछन् भने अर्कोतर्फ पाकिस्तानी आर्मी चीफ, अमेरिकी रक्षामन्त्री पैट्रिक एम र संयुक्त चीफ अफ स्टाफ जनरल मार्कसँग भेटवार्ता गर्नेछन् । 

इमरान खानको पार्टी पीटीआईका अनुसार इमरान खान आफ्नो यस भ्रमणमा ट्रम्पसँग अफगानिस्तान र दक्षिण एशिया क्षेत्रमा शान्तिका विषयमा कुरा अगाडी बढाउनेछन् । 

इमरान अमेरिकामा पाकिस्तानका राजदूतको आवासमा रहनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *