सन्दर्भ बाघ दिवस– वासस्थान र आहार चुनौती

 

साउन १३, चितवन । नेपालमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको छ । 

सन् २००९ को तथ्यांकलाई आधार मानेर विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियामा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । त्यो बेला मुलुकभर १२१ वटा बाघ रहेका थिए । 

null

चितवनसहित बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २००९ को गणना तथ्यांक अनुसार सन् २०२२ सम्म नेपालमा २५० भन्दा वढि बाघको संख्या हुनुपर्छ । अहिले नेपालभर २३५ वटा बाघ छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएको तथ्यांक सार्वजनिक गरिएको थियो । 

सन् २००९ मा १२१ वटाबाट वढेर सन् २०१३ मा १२० वटा पुगेको थियो । वन र वन्यजन्तु संरक्षणमा समुदायको भुमिका महत्वपुर्ण मानिएको छ । चितवनमा भने बाघ संरक्षणमा केही चुनौती देखिएको छ । सन् २०१३ को तुलनामा सन् २०१८ मा बाघको संख्या निकै घटेको छ । चितवन राष्ट्रिय निकुञ्जमा अहिले ९३ वटा पाटे बाघ छन् । अघिल्लो तथ्यांकमा यहाँ १२० वटा बाघ थिए । 

गत आर्थिक वर्षमा चितवन निकुञ्जमा ८ वटा बाघ मरेका थिए । ५ वर्षको अवधिमा २७ वटा बाघ घटेपछि चितवन राष्ट्रिय निकुञ्जले यसको वासस्थान र आहारलाई प्राथमिकता दिएर काम गरिरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन् । 

‘अघिल्लो वर्ष बाढी लगायत कारणले बाघको संख्या घट्न पुग्यो । नेपाल सरकारको लक्ष्य भेट्याउने गरि चितवन निकुञ्जले बाघको वासस्थान र आहार बढाउने गरि योजना बनाएर काम गरिरहेको छ’, प्रमुख संरक्षण अधिकृत ढकालले भने । उनका अनुसार अन्य वन्यजन्तुसँगै बाघलाई भने अझ बढि प्राथमिकता दिइएको छ । 

बाघको लागि आवश्यक आहार भनेकै चित्तल हो । बाढीका कारण पनि चितवन निकुञ्जमा चित्तल लगायत अन्य वन्यजन्तुको संख्या केही घटेको छ । 

बाघ दिवसको अवसर पारेर चितवनको सौराहामा सोमबार चितवन, नवलपुर, पर्सा, मकवानपुरका जनप्रतिनिधीहरुसँग चितवन निकुञ्जमा बाघको संरक्षणका लागि भएका प्रयासका बारे अन्तक्र्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो । 

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृती संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, समन्वय समिति उपप्रमुख मुनु गुरुङ,रत्ननगरका प्रमुख नारायण वन, माडीका प्रमुख ठाकुर ढकाल,कालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, राप्तीकी प्रमुख प्रभा वराल, कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनिया, ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ, चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत लगायत संरक्षणकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष मधुकर मल्लको अध्यक्षता भएको सो कार्यक्रममा सरोकारवालाहरुले बाघको संख्या दोव्वर वनाउन स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *