पत्नीसहित प्रचण्ड यूएई प्रस्थान

 

                                                                             फाइल तस्विर 

साउन १४, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको इच्छामा सपरिवार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । 

null

अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । 

लामो समयदेखि बिरामी पत्नी सीताले जाने भनेर इच्छा राखेपछि प्रचण्ड सपरिवार त्यसतर्फ लागेका हुन् । त्यहाँ कुनैपनि राजनीतिक भेटघाट नहुने उनको सचिवालयले जनाएको छ । 

उनी १८ गते स्वदेश फर्कनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *