‘सरकारले सिन्को नभाँच्दा काँग्रेसलाई फाइदा, अर्को चुनावमा जितिन्छ’

 

साउन १३, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले केपी ओली नेतृत्वको सरकारले सिन्को नभाँच्दा आफ्नो पार्टीलाई फाइदा भएको बताएका छन् । 

सोमबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता भण्डारीले प्रधानमन्त्री ओलीले काम नगर्दा कांग्रेसलाई फाइदा भएको बताएका हुन् । 

null

‘ओली जी धेरै बोल्नुहुन्छ । काम चाहीँ गर्नुहुन्न । सरकारले सिन्को नभाँच्दा कांग्रेसलाई पनि त फाइदै भएको छ । जनताका बिचमा जाने, अर्को चुनावमा जितिन्छ’, नेता भण्डारीले भने । 

भण्डारीले सरकार परिवर्तनको खेल कसैका लागि राम्रो नहुने स्पष्ट पार्दै ५ वर्षसम्म अहिलेकै नेतृत्वलाई सरकार चलाउन दिनुपर्ने तर्क गर्दै प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्रै नहुने बताए । ‘प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र हुँदैन । मन्त्री, आसेपासेहरु खराब छन् । नेताहरु भ्रष्टाचारमा लिप्त छन् । गर्छु भन्दा पनि काम गर्ने वातावरण नै छैन’, उनले भने । 

उनले राष्ट्रयताका विषयमा जनतालाई देखाएको सपना अधुरो र अपुरो बन्दै गएको भन्दै जनताले उचित समयमा कारवाही गर्ने पनि बताए । 

भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले आत्महत्या गरेको स्मरण गर्दै उनले भ्रष्टाचारकै कारण मुलुकको विकासले गति लिन नसकेको स्पष्ट पारे । उनले भने, ‘भ्रष्टाचारका कारण दुई जना पूर्व कर्मचारीले त आत्महत्या गरिसके । अब राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्छ ।’ 

कांग्रेसका धेरै नेताहरु भ्रष्टाचारमा जेल सजाय भोगेपनि नेकपाले भ्रष्टाचारीलाई खुलमखुला छोडेको पनि उनले बताए । 

‘कांग्रेसका चिरञ्जिवी बोग्ले, गोबिन्दराज जोशी, जेपी गुप्ता लगायतले जेल सजाय भोगीसके । तर नेकपामा खुलमखुला भ्रष्टाचार भइरहँदा पनि कारवाही गरिएको छैन । वाइडबढी, बालुवाटार, बुढीगण्डकी, एनसेल लगायतका काण्डका दोषीलाई कारवाही भएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओली नै यी काण्ड स्वीकारर्न तयार हुनुहुन्न’, नेता भण्डारीले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *