बलिउड रनबीर सिंहलाई किन सुटिङ्गसेटबाट बाहिर निकाल्यो ?

 

असार २३, भारत ।  अक्षय कुमार, सुनिल सेट्टी, नसिरुद्दीन शाह र रबिना टण्डन स्टारर फिल्म मोहराले आफ्नो रिलिजको २५ वर्ष पुरा गरेको छ । 

फिल्मको एक्सन सिक्वेन्स र गीतहरु विशेष चर्चामा रहे । ‘ती चीज बडी हे मस्त मस्त’ र ‘टिप टिप बरसा पानी’ आज पनि बलिउडको सबैभन्दा चर्चित गीतमध्ये पर्छन् । यो गीतमा अक्षय कुमार र रबिना टण्डनको शानदार केमेस्ट्रि देखिएको थियो । 

null

रणवीर सिंहले यसै गीतसँग जोडिएको एउटा रोचक किस्सा सेयर गरेका छन् । रणवीरले राजिव मसन्दसँगको अन्तरवार्तामा भनेका छन्, ‘मेरा केजी कजिन क्यानडाबाट आएका थिए र सबैजना अक्षय कुमारका ठूला फ्यान । सबैले अक्षय कुमारलाई हेर्न जिद्दी गरिरहेका थिए । मेरा पिता बलिउडका केही निर्मातासँग नजिक हुनुहुन्थ्यो त्यसकारण हामीलाई अक्षय कुमारले रबिना टण्डनसँग टिपटिप बरसा पानीको सुटिङ गरिरहेको भन्ने कुरा थाहा पाउन गाह्रो भएन ।’ 

 

उनी थप्छन्, ‘सुटिङ हेर्न हामी सबै गयौं । सेटमा रबिनालाई देखेर म हैरान भएँ । मैले आफ्नो जीवनमा यति सुन्दर युवती देखेको थिइनँ र उनलाई एकटक हेरिरहेँ । मलाई थाहै भएन कि रबिनलाई मेरो हेराइले असहज महसुस भइरहेको थियो । मलाई सेटबाट निकालिएपछि मात्रै यसबारे थाहा भयो ।’ 

रणवीरले थपे, ‘म निकै मोटो थिएँ, दाँतमा ब्रेसेज बाँधिएको थियो र मेरो फुटबल खेलाडी रोनाल्डोजस्तो हेयरकट थियो । सेटबाट निकालिएपछि मलाई एकदम नरमाइलो लाग्यो किनभने म ठूलो आशा बोकेर सुटिङ हेर्न पुगेको थिएँ । मलाई उदास देखेर अक्षय कुमार म भएठाउँ आएका थिए र उनले मेरो हौसला बढाउनका लागि मेरो कपाल मनपरेको बताए ।’ 

अक्षयले यस्तो भनेपछि आफू फुरुङ्ग भएकमो रणवीरले बताए । त्यसपछि यी दुईले सँगै फोटो खिचेको तर रबिनासँग तस्बिर खिच्न असमर्थ भएको बताए । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *