मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

 

असार २९, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको छ । 

बैठमा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएकाहरुका लागि विशेष निर्णय गर्ने बताइएको छ । 

null

बाढीपहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनका लागि मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको र आजको निर्णय आजै सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

केही दिनअघि देखि परेको अविरल वर्षाका कारण मुलुकभर ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ भने २५ जना घाइते छन् । ३३ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *