‘मन्त्रीबाट हटाएपनि चिन्ता छैन, अरुलाई पनि पालो दिनुपर्छ’

 

असार १७, बुटवल । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले मन्त्री पदबाट हटाएपनि आफूलाई कुनै चिन्ता नभएको स्पष्ट पारेका छन् । 

बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीले चाहे हटाउन सक्ने भन्दै हटाएपनि चिन्ता नभएको धारणा राखेका हुन् । 

null

‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ । काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुँदैन । अरुलाई पनि पालो दिनुपर्छ । मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि मलाई चिन्ता छैन,’ मन्त्री खनालले भने । 

मन्त्रिमण्डल हेरफेर हुने हल्ला मात्रै भएको पनि दाबी गरे । उनले भने, ‘मन्त्रीहरु फेरिने हल्ला मात्रै हुन् । हल्ला धेरै भएपनि त्यो सम्भावना तत्काल नभएको प्रधानमन्त्री आफैँले बताउँदै आउनुभएको छ । बाहिर आएजस्तो त्यस्तो छलफल भित्र भएकै छैन ।’ 

कार्यक्रममा मन्त्री खनालले कृषिमा व्यापक सुधार गर्ने पनि बताए । सरकारले कृषिमा छुट्याएको २८ अर्ब बजेटमध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै उनले पूँजीगत बजेट २ अर्ब रहेको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *