छविराज ओझा र शिल्पा पोखरेलबीच सहमति जुट्यो
असार २६, काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री तथा मोडेल शिल्पा पोखरेलबीच सहमति भएको छ ।
आफूमाथि घरेलु हिंसा भएको भन्दै निर्माता छविविरुद्ध शिल्पाले उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले आज बिहान उनीहरुलाई छलफलका लागि बोलाएको थियो ।
null
एक अर्काले कुनै किसिमको पारिवारीक र व्यक्तिगत आरोप प्रत्यारोप नलगाउने प्रतिबद्धतापछि उनीहरुबीच सहमति जुटेको हो । साथै छविले शिल्पाको शान्ति सुरक्षामा कुनै पनि आँच आउने कुरा नगर्ने पनि प्रतिबद्धता जनाएको प्रहरीको भनाइ छ ।
२ वर्षअघि मात्रै छविसँग लगनगाँठो कसेकी अभिनेत्री शिल्पाले श्रीमानबाट असुरक्षित भएको भन्दै सुरक्षा पाऊँ भनि उजुरी दिएकी थिइन् ।
उनीहरुले विवाह भएको सार्वजनिक गरेका थिएनन् । तर केही वर्ष यतादेखि सँगै बसेका थिए । शिल्पा छविकी चौँथो श्रीमती हुन् । अभिनेत्री तथा छविकी तेस्रो श्रीमती रेखा थापासँग डिभोर्सपछि शिल्पा छविको घरमा भित्रिएकी थिइन् ।
म्युजिक भिडियोमा आफुलाई अब्बल मोडलको रुपमा स्थापित गरिसकेकी शिल्पाले छवि ओझाको चलचित्र ‘लज्जा’ मार्फत् डेब्यु गरेकी थिइन् । सोही समयमा उनीहरुबीच प्रेम भएको चर्चा चलेको थियो । शिल्पाले छविको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।