मोडल प्रेमिकाकाे टाउको किचेर गरे हत्या

 

असार ३०, भारत ।  भारतको महाराष्ट्रको नागपुर जिल्लामा एक युवकले प्रेमिकाको हत्या गरेका छन् । पुलिसले आरोपीलाई पक्राउ गरिसकेको छ । मृतकको पहिचान खुसी परिहारको रुपमा भएको छ । पीडित नागपुरमा बस्छिन् । आरोपी अशरफ शेख उनका प्रेमी हुन् । 

नागपुर पुलिसका एक अधिकारीले शनिबार बिहान पंधुरना–नागपुर हाइवेमा एक युवतीको शव भेटिएको जसको अनुहार नराम्रोसँग किचिएको जानकारी दिए । पुलिसले युवतीको शरीरमा बनेको ट्याटु र सोसल मिडियाको मद्दतले पुलिसको शव पहिचान गरेको हो । 

null

आरोपीले प्रेमिकाको हत्या गरेको स्विकारेको पुलिसले जानकारी दिएको छ । 

चरित्रमाथि शंका थियो त्यसकारण गरे हत्याः 

अशरफ शेखले प्रेमिकाको चरित्रमा शंका लागेका कारण हत्या गरेको पुलिसलाई बताए । प्रहरी अनुसन्धानमा पछिल्लो केही महिनादेखि खुसी र अशरफ लिभ इनमा बसिरहेको पत्ता लागेको छ । मोडलिङमा करियर बनाउने कोसिसमा रहेकी खुसी अबेर राती घर आउनु र पार्टीमा जानु शेखलाई चित्त बुझेको थिएन । खुसीको अन्य युवकसँग अफेयर चलिरहेको भन्ने उनलाई शंका थियो त्यसकारण उनले खुसीको हत्या गर्ने योजना नै बनाए । 

यसरी गराए घटनाः 

१२ जुलाई अशरफ आफ्नो कारमा खुसी परिहारलाई लिएर गए । त्यसपछि उनले पान्डुरना–नागपुर हाइवेमा उनको टाउकोमा ढुङ्गा हानेर उनको हत्या गरे । त्यसपछि टाउको किचे । नागपुर पुलिसले हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । पुलिसका अनुसार खुसीलाई जगजीत नामका एक व्यक्तिले धर्मपुत्रीको रुपमा पालेका थिए । तर ठूलो भएपछि उनले आमा–बुवाको घर छोडेकी थिइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *