भेनेजुएलाका राष्ट्रपतिका पुत्रसहितको प्रतिनिधिमण्डलद्वारा संसदमा अवलोकन

 

असार ३१ काठमाडौँ । नेपाल भ्रमणमा रहेको भेनेजुएलाको इन्टरनेशनल वामपन्थी युवा शक्तिको प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यास र गतिविधिबारे जानकारी लिएको छ । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन पुगेर प्रतिनिधिमण्डलले नेपालको संसदीय अभ्यासबारे सांसदसँग जानकारी लिएको राष्ट्रियसभाका सदस्य बलरामप्रसाद बाँस्कोटाले जानकारी दिए । भनेजुएलाका राष्ट्रपति निकोलश मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरासहितको टोली हाल नेपालमा छ । 

null

नेपाल र भेनेजुएला दुवै देशले संविधानसभाबाट संविधान निर्माण गरेको र समाजवादको दिशातर्फ अग्रसर भइरहेको हुँदा अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर ऐक्यबद्धताका साथ मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको सांसद बाँस्कोटाले जानकारी दिए । 

दुवै देशको आन्तरिक परिस्थिति र आगामी दिनमा सम्बन्ध बिस्तार गरेर अघि बढ्ने सम्बन्धमा प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सांसदसँग छलफल गरेको थियो । युवा सङ्घ नेपालको निमन्त्रणमा उक्त प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *