छविसँगको डिभोर्समा रेखाले कति लिएकी थिइन् सम्पत्ति ? शिल्पाले कति पाउँछिन् ?(भिडियोसहित)

 

साउन २, काठमाडौं । निर्माता छवि ओझा र अभिनेत्री एवम् मोडेल शिल्पा पोखरेलबीचको पारिवारीक विवाद अहिले सतहमा छ । 

अभिनेत्री शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनीहरुको विवाद सतहमा आएको हो । 

null

मिडियादेखि सामाजिक सञ्जालसम्म अहिले उनीहरुबीचको सम्बन्धबारे पक्ष विपक्षमा वाद–विवाद भइरहेका छन् । कतिले शिल्पाको पक्षमा बोलेका छन् भने कतिले छविको पक्षमा बोलेर शिल्पाबारे नकारात्मक टिप्पणी गरिरहेका छन् । 

यसैबीच छविकी पूर्वपत्नी एवम् चर्चित अभिनेत्री रेखा थापाको पनि नाम जोडिएको छ । सचेत नगराएका कारण आफू छविसँग फसेको भन्दै शिल्पाले आक्षेप लगाइरहँदा रेखाका शुभचिन्तकहरुले शिल्पालाई पुनः सचेत गराइरहेका छन् । 

रेखाका पक्षमा बोल्दै धेरैले ‘उतिबेला प्रेम र स्वार्थमा अन्धो बनेर रेखासँग डिभोर्स गर्न हौस्याइरहेकी र आफ्नै सौता बन्न आतुर कुनै केटीलाई छविका कमजोरीहरु रेखाले कसरी बताउन सक्छिन् ?’ भन्दै शिल्पातिर प्रश्न तेस्र्याइरहेका छन् । यदि रेखाले छविका नराम्रा बानी बताएकै भएपनि प्रेम र स्वार्थले अन्धो बनिसकेकी शिल्पाले पत्याउँथिन् र ? भन्ने कतिले आशंका पोखिरहेका छन् । 

केही महिला अधिकारकर्मी र कानुन व्यवसायीहरुले पनि शिल्पाकै गल्ती औँल्याइरहेका छन् । कानको जाली नै फुट्ने गरी हानेको हो वा होइन भन्ने त्यसमा पनि उनीहरुको आशंका छ । छविको श्रीमती (रेखा थापा) छ भन्ने थाहा हुँदाहुँदै उसँग विवाह गर्नु शिल्पाको गल्ती भएको उनीहरु बताउँछन् । सम्पत्ति, करिअरकै लागि आफूभन्दा दुई गुणा उमेर भएकासँग विवाह गरेको भन्ने उनीहरुको आरोप छ । 

न्यायाधिवक्ता स्वागत नेपालले रेखा थापाले छविसँग डिभोर्स गर्दा एक रुपैयाँ पनि नलिएको खुलासा गरेका छन् । 

कानुनअनुसार सम्पत्ति नलिई वकिलले डिभोर्स गर्न नमिल्ने भन्दै ८० लाख लिएको भन्ने पेपरमा हस्ताक्षर गरेको तर रकम भने नलिएको उनले बताए । 

यदि शिल्पाले साँच्चिनै डिभोर्सको केस फाइल गरेको भए नेपालको अदालतले उनलाई अहिलेको कानुनअनुसार नै अंश दिएर सम्बन्ध विच्छेद गराइदिने बताए । छवि ओझाले शिल्पाकै कारण सम्बन्ध बिग्रिएको हो भन्ने प्रमाणित गरेमा सम्पत्ति दिनु नपर्ने, यदि प्रमाणित गर्न नसके अंश दिनैपर्ने अधिवक्ता नेपाल बताउँछन् । 

‘म पछिल्लो पुस्ता हो । अघिल्लो पुस्ताको भन्दा बढी ज्ञान मलाई छ है । अघिल्लो पुस्ताको स्वभाव नै निउ खोज्ने हुन्छ भने मैँले चाहीँ कम्परमाइज गर्नुपर्छ भन्ने पछिल्लो पुस्ताले बुझ्नुपर्छ’, उनी भन्छन् । शिल्पा–छविबीच उमेरको ग्याप धेरै भएकाले शिल्पाले कम्परमाइज गरेको भए सम्बन्ध राम्रैसँग चल्ने उनको भनाइ छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *