‘सरकारले राहत तथा पूर्नस्थापनाको काम द्रुत गतिमा गर्नुपर्छ’: राई
असार ३०, काठमाडाैँ । उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे ।
जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिलेपनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’ यस्तो बेलामा संसद बैठक बसेर अझै सरकारको भूमिका प्रभावकारी बनाउनको लागि छलफल तथा बहस हुनुपर्ने थियो भन्ने उनको भनाई छ ।
null
उनले बाढि, पहिरोबाट प्रभावित सबै जिल्लाका पीडितहरुलाई राहत तथा उद्धारमा सबैले एकतावद्ध हुनुपर्ने र सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्ने बेला भएको सुनाए ।
उनले भने,‘विपदको घडीमा विपक्षी दलले जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो गरेन । त्यसैले कांग्रेसको भूमिका प्रभावकारी भएन् ।’ कांग्रेसले यस्तो बेलामा राजनीतिक हठ देखाउन नहुने उनको सुझाव छ । संसदलाई बन्धक बनाएर आफ्नो हठ पूरा गर्ने सोच नराख्नपनि उनले कांग्रेसलाई चेतावनी दिए ।
उनले उदयपुरको हकमा अहिलेसम्म मानवीय क्षति नभएपनि एक जना गम्भिर घाईते भएको सुनाए । उनले भने,‘अहिलेसम्मको डाटा अनुसार १६१ घर पूर्ण क्षति भएका छन् । अब पीडितहरुलाई सरकारले राहत तथा पूर्नस्थापनाको लागि द्रुत गतिमा काम गर्नुपर्छ ।’